काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारी झन् झन् बढ्दो अवस्थामा रहेको छ । पछिल्ला तीन दिनमा दैनिक संक्रमित बढ्दै गएको छन् । आइतबार १ लाख ४४ हजार ६१३ जना संक्रमित सकिँदा ८१९ जनाको ज्यान गएको थियो ।
सोमबार १ लाख ६६ हजार ८७३ जना नयाँ संक्रमित थपिएकामा १ हजार २७१ जनाको ज्यान गएको थियो । मंगलबार १ लाख ८२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै मंगलबार एकैदिन २ हजार ६११ जनाको ज्यान गएको छ ।
एकैदिन ज्यान गुमाउनेको संख्या यो उच्च हो । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख ८ हजार ४४८ पुगिसकेको छ ।
अहिलेसम्म २ लाख ७६ हजार ९७६ जनाको ज्यान गइसकेको छ । हाल अमेरिकामा ५४ लाख ९८ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।