दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
57
Shares
नेपालगञ्ज । दाङका कोरोना भाइरस संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
उनको बुधबार बिहान ४ः५० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।