काठमाडौं । चीनले प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्रमा अवतरण गरेको छ । चन्द्रमाको आँधीको समुद्र भनेर चिनिने विशाल ज्वालामुखीय मैदानमा सो ल्याण्डरले सफलतापूर्वक अवतरण गरेको चीनको नेशनल स्पेश एडमिनिस्ट्रेसनले जनाएको छ ।
गत २४ नोभेम्बरमा दक्षिण चीनको हाइनान प्रान्तबाट सुरु भएको अन्तरिक्ष अभियानको आठौं दिनमा सफलता प्राप्त गरेको हो । यस अन्तर्गत चन्द्रमामा पठाएको यानलाई पुनः पृथ्वीमा फर्काउने गरी थालिएको यो उसको पहिलो अभियान हो ।
यसले चन्द्रमाको सतहको २ मिटरभित्रबाट २ किलोग्राम माटो तथा ढुंगाका नमूना संकलन गर्ने पनि जनाइएको छ । सोभियत लुनाले २०० ग्राममात्र संकलन गर्न सकेको थियो ।