काठमाडौं। भारतीय सरकारकाद्वारा धारा ३ सय ७० को खारेजीपछि जम्मुकश्मिरमा भएको पहिलो चुनावमा ५१.७६ प्रतिशत मतदान भएको छ। जिल्ला विकास परिषद्को पहिलो चरणको शनिबार भएको पहिलो चुनावमा कश्मिरका १० जिल्लाबाट ४०.६५ र जम्मुका १० जिल्लाबाट ६४.२ प्रतिशत मतदान भएको हो।
राज्य चुनाव आयुक्त केके शर्माले पहिलो चुनावमा ५१.७६ प्रतिशत मत खसेको र शान्तपूर्णरुपमा सफल भएको बताएका छन्। ‘४३ मतदानकेन्द्रमा शान्तपूर्ण तरिकाले चुनाव सम्पन्न भएको छ। शनिबार ३ लाख ६२ हजार ७ सय ६६ जनाले मतदान गरेका छन्। जसमध्ये १ लाख ९३ हजार ३ सय ७५ पुरुष रहेका छन् भने १ लाख ६९ हजार ३ सय ९१ महिना रहेका छन्।
कुल ७ लाख ८ सय ४२ मतदाताहरुले आफ्नो प्रतिनिधिचुन्नका लागि मतदान गर्नेछन्,’आयुक्त शर्माले भने।