तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन्। पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ।
ब्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको बिषयलाई लिएर नेपाली कांगरेस र राष्ट्रिय युवासँघबिच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।
निषेधाज्ञा तोडेको भन्दै पौडेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
पौडेलले आफ्नो पक्राउको जानकारी ट्विट मार्फत दिंदै पक्राउको र प्रहरी दमनको बिरोध गरेका छन्। ट्विटमा उनले भने ‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु ।साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’