arrow

रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न कांग्रेस कपिलवस्तुको माग

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
ramchandra-paudel-zoon.jpg

कपिलवस्तु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले प्रकाउ गरेकोविरुद्धमा नेपाली कांग्रेस कपिलवस्तुले प्रेस विज्ञप्ती जारी घटनाको भर्त्र्सना गरेको छ । ब्यास नगरपालिका १० तनहुँ  जिल्लाको बुल्दी खोलाको मोटरेवल पुल उद्घाटन गर्न स्थानीय जनताको माग र निमन्त्रणामा जाने क्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत जिल्लाका अन्य नेतालाई विचमै प्रकाउ गरिएको छ ।

पार्टी सभापति सुरेन्द्रराज आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तीमा सत्ताको चरम दुरुपयोग गर्दै निर्मम दमन र दुर्वयवाहार  गरि नियन्त्रणमा लिईएको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु । नेकपा सरकारको निर्देशनमा कार्यक्रमलाई बिथोल्ने र नेता, कार्यकर्ताहरुलाई बर्वर दमन गर्ने रवैया सरकारको अधिनायकवादी सोच र ब्यवहारको उपज शिवाय केही नभएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

पौडेललाई  तत्काल ससम्मान रिहाइ र दोषिहरुलाई कडा कार्वाही गर्न र घटनाको जिम्मेवारी लिइ माफी माग्न सरकारसमक्ष जोडदार माग गरिएको छ । साथै यस बर्वरतापुर्ण र अलोकतान्त्रिक घटनाकोबिरुद्धमा आन्दोलित हुन सम्रग नेपाली कांग्रेस र लोकतन्त्रमा आस्था राख्ने सबैलाई आग्रह समेत गरिएको सभापति आर्चायले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ