नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाबाट ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भगवानपुका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमको कमान्डसहित गएको ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक श्याम अर्यालको संयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ जयरापुर्वाबाट ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
गाँजासहित पक्राउ पर्नेमा वडा नम्बर ४ जयरापुर्वाकै धनीराम यादब रहेका छन् । बिशेष सुचनाका आधारमा प्रहरीको टोलीले यादबलाई बुधबार साँझ ६ बजे गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक गौतमले जानकारी दिएका छन् ।
पक्राउ परेका यादबसँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।