arrow

सन्दीप लामिछाने कोरोनामुक्त, केही दिनको आरामपछि अष्ट्रेलिया जाँदै

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
sandeep-lamichhane2.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।  

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट संक्रमित भएका थिए। पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेशनमा बसेका थिए । 

आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जादैछन् ।

अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उन तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् ।



लोकप्रिय समाचार
नयाँ