काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंगलिश क्लब चेल्सीले स्पेनिश क्लब सेभियामाथि शानदार जित निकालेको छ । चेल्सी ४–० गोल अन्तरले विजयी भएको हो । बुधबार भएको समूह ईको खेलमा चेल्सीलाई जिताउने क्रममा ओलिभर जिरु एक्लैले चार गोल गरे ।
जिरुले ८, ५४, ७४ र ८३ औं मिनेटमा गोल गरेका हुन् । उनले अन्तिम गोल पेनाल्टीमार्फत गरेका थिए ।
खेलको आठौं मिनेटमा काई हभाटर््जको पासमा लण्डन क्लबलाई अघि बढाएका जिराउडले दोस्रो हाफमा थप तीन गोल गरेका थिए ।
जितसंगै चेल्सी समूह ईबाट समूह विजेताको रुपमा र सेभिया दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।
यो समूहका रेन्नेस र एफसी क्रास्नोदार बाहिरिएका छन् । बुधबार राति भएको खेलमा क्रास्नोदारले रेन्नेसलाई १–० गोल अन्तरले पराजित गर्यो ।
चेल्सीको १३, सेभियाको १०, क्रास्नोदारको ४ तथा रेन्नेसको १ अंक छ ।
अन्य खेलको नतिजा
समूह एफबाट बोरुसिया डर्टमुन्ड १–१ लाजियो
क्लब ब्राग ३–० जेनित सेन्ट पिटर्सबर्ग
समूह जी फेरेनभारोस ०–३ बार्सिलोना (एन्टोइन ग्रेजम्यान, मार्टिन ब्रेथवेट र डेम्बेले)
युभेन्टस ३ (चेइसा, रोनाल्डो र मोराटा) –० डाइनामो किभ
समूह एच इस्तानबुल बसक्सेहिर ३–४ रासेनबल स्पोर्ट लेप्जिग
म्यान्चेस्टर युनाइटेड १–३ पेरिस सेन्ट जर्मेन (नेयमार २ र माक्र्विनोस १)