arrow

मदन कृष्ण श्रेष्ठ, फिल्मस्टार राम पोथिनेनी र गायकहरु स्वप्न सुमन र सुदीन एउटै मञ्चमा 

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
hult-prize-finale.jpg

काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०–२१’ कार्यक्रमको फाइनल कार्यक्रम हुने भएको छ । केही अगाडि लोकप्रियता कमाउन सफल भएको ‘उद्यमशीलता सम्बन्धी टक सिरिज’ यही  हल्ट प्राइज एट आईओई २०२०–२१ का पूर्व कार्यक्रम रहेको भन्क्दै शनिबार यसको मूख्य कार्यक्रम हुन लागेको जनाइएको छ । 

उक्त कार्यक्रमको फाइनलमा महजोडी (मदन कृष्ण श्रेष्ठ) तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी,  गायकहरू स्वप्न सुमन र सुदिन पोखरेलको उपस्थिति हुने बताइएको छ । हल्ट प्राइजको ग्राण्ड फाइनलमा जजको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, वुनसल्टिग्का प्रमुख परिचालन अधिकारी तथा गुगलका पूर्व(वरिष्ठ रणनीति र अपरेशन प्रबन्धक जेरी ली, उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ, उद्यमी अरिफ नेजमी, पुरस्कार जित्दै आएका वरिष्ठ डाक्टरसाथै युएनको दीगो विकास  लक्ष्यहरूको अधिवक्ता डा. अला मुराबित, युएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिट्युट तथा एकदमै प्रभाव पार्न सकेका यसएम साइकत रहने छन् । 

उनीहरुले त्रिभुवन विश्वविद्यालयका १३ वटा इन्जिनियरिङ कलेजबाट सेमिफाइल तथा वाइल्डकार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमहरूको छनोट गर्नेछन् । यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०–२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश–विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल मिलाएर नेपाली १२ लाखका विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् । 

अन्तिममा पर्ने तीन नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिष्पर्धामा भाग लिन पनि पाउने छन् । ५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ। 

क्षेत्रिय प्रतिस्पर्धापछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ । र, यहीँ कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ।

शनिबार धेरै कला प्रस्तुति र मनोरन्जात्मक कार्यक्रमहरू पनि हुने आयोजकले जनाएको छ । कार्यक्रम शनिबार बिहान १० देखि बेलुकी ७ बजेसम्म चल्ने पनि बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ