विवेकशीलका संघीय समितिका दुईसहित १३ जना साझा पार्टीसँगको एकतामा सहभागी नहुने
विचार मिल्नेहरुसँग एकता गरी अगाडि बढ्ने योजना
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
36
Shares
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकता प्रक्रियामा विवेकशीलका १३ जना सहभागी नहुने भएका छन् । विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारीसहित १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने जनाएका हुन् ।
उनीहरुले अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल गरे पनि सकारात्मक नतिजा नआएपछि एकीकरणमा सहभागी नहुने जनाएका हुन् ।
देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन भन्दै उनीहरुले वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक रहेकोमा जोड दिएका छन् ।
एकतामा सहभागी नहुने निर्णय गरेका उनीहरुले पार्टी दर्ताको सम्बन्धमा आफूहरुको विचारसँग सहमत विवेकशील नेपाली दलका नेताहरु तथा सुभेच्छुकसँगको छलफलपछि छिट्टै अगाडि बढ्ने समेत उल्लेख गरेका छन् ।
एकता प्रक्रियामा सहभागी नहुनेहरु निम्न छन्–
१, अजीता राई (उपाध्यक्ष)