arrow

बाँकेमा बिहिबार बिहान दुई जना संक्रमित पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
bheri-hospital_aAVprgHTIO.jpg

नेपालगञ्ज । कोरोनाका कारण बाँकेमा बिहीबार दुईजनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा  बाँकेको कोहलपुर र सुर्खेतका रहेका छन् । 

सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको बिहिबार  विहान १०:५६ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै बिहिबार विहान पनि बाँकेको कोहलपुर २ का ७४ बर्षीय कोरोना संक्रमति पुरुषको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ९३ जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका ५४ जना र बाँकेका ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्
 



लोकप्रिय समाचार
नयाँ