arrow

बुटवल–नारायणगढ सडक खण्ड बिस्तारको दुई प्रतिशत प्रगति

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
butwal-narayangad.jpg

रुपन्देही । बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाको शिलान्यास भएको झण्डै दुई वर्ष पुग्दा समेत हाल सम्म २ प्रतिशतको काम भएको पाईएको छ ।

२०७५ साल चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि शुरु गरिएको बिस्तारको काम अहिले सम्म २ प्रतिशत मात्रै काम भएको पाईएको हो । ४४ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको सो सडक निमार्णमा राज्य संयन्त्रकै असहयोगले काम अगाडि वढ्न नसकेको वताईएको छ ।

बुटवल–नारायणगढ सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कूल १ सय १३ किलोमिटर सडक मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट देखि दाउन्ने सम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्ने देखि बुटवल सम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको हो । दुवै सडक खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ ।

तर सडक निमार्ण कार्य शुरु भएदेखि कहिले वन, विद्युत्, टेलिकम र निकुञ्ज जस्ता सरकारी कार्यालयहरुको असहयोगले ढिला भएको जनाईन्छ, भने पछिल्लो समय कोरोना भाईरस वाधक वनेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड खण्ड ‘क’का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले वताएका छन् । 

यही मंसिर १५ सम्मको विस्तार कार्यको अवस्था हेर्दा हाल सम्म २ वर्ष अवधिमा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको सूचना अधिकारी एंव इन्जिनियर कृष्ण आचार्यले जनाएका हुन् । रुख कटान र विद्युत्को पोल स्थानान्तरणको काममा राज्यकै संयन्त्रले सहजीकरण नगरिदिदा विस्तार कार्य कछुवाको गतीमा चल्दै आएको स्विकार गरे । आयोजनाका सूचना अधिकारी एंव इन्जिनियर आचार्यका अनुसार आयोजनाको म्याद सकिन अब २० महिना बँकी रहको वताए छ ।

सडक विस्तारमा ६ वटा वन्यजन्तुमैत्री पुल, ८७ वटा ठुला कल्भर्ट, २८ वटा साना आकारका कल्भर्ट निर्माणको काम जारी रहेको वताउँदै, गैँडाकोट दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने गरिने भएपनि तर अहिले एउटा पुलको मात्रै निर्माण कार्य शुरु गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन् ।

यस्तै सो सडक विस्तार आयोजनाको कूल लागत मध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ, भने बाँकी रकम नेपाल सरकारले व्यहोर्नु पर्ने भएको छ । तर, विडम्वना, सडकको दाँया,वाँयाको काम जारी रहेकै वेला यता मजुरहरुलाई लामो समय सम्म पारिश्रमिक नदिएको र काम मात्रै गराईरहेको वताउँदै खण्ड (क) र खण्ड )ख) का मजदुरहरुले दुई पटक सम्म काम रोकेर आन्दोलित भएको दाउन्ने पश्चिम तर्फका इन्जिनियर युवराज पाण्डेले जनाए ।



लोकप्रिय समाचार
नयाँ