arrow

बिहिबार तेह्र जनाले गुमाए ज्यान, पन्ध्र सय एकाउन्न पुगे मृतक

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप तेह्र जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पन्ध्र सय एकाउन्न पुगेको छ । बितेको २४ घण्टामा नौ हजार २८९ नमूना परीक्षण गर्दा ८०९ पुरुष र ५३४ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश नं १ मा २८२, प्रदेश नं २ मा ५१, वाग्मतीमा ६५१, गण्डकीमा १४७, लुम्बिनीमा १५४, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ संक्रमित थपिएका छन् । बिहिबार दुई हजार १११ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २० हजार २७२ पुगेको छ । कोरोना निको हुने दर ९२.७ प्रतिशत पुगेको छ । 

संक्रमितमध्ये १० हजार २७१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएका छ । तीन सय ८८ जनाको सघन उपचार कक्ष र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मनाङ र डोल्पा कोरोनामुक्त भएका छन् भने झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर र कास्कीमा ५०० बढी सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
नयाँ