arrow

रुसमा एकैदिन २८ हजारभन्दा बढी संक्रमित

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
corona-russia.jpg

मस्को । रुसमा कोरोनाभाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । 

यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल सङ्ख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ । 

यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए । “पछिल्लो २४ घण्टामा रुसमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको सङ्ख्या २८ हजार १४५ थपिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् । 

थपिएका संक्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरुले जनाएका छन् ।  यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो । 

कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ