काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच विहिबार साँझ भेटवार्ता भएको छ। प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन्। नेकपाभित्र विवाद बढ्दै जाँदा राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड राष्ट्रपति शीतलनिवास पुगेका हुन्।
यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए। प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो। राष्ट्रपति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ। आजको भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा बढेको विवादबारे चासो राखेको बुझिएको छ।