काठमाडौं । नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले बिहीबार सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । पहिलो सेमिफाइनल मिलानमा २०२१ को अक्टोबर ६ मा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने छन् । दोस्रो सेमिफाइनल खेल अक्टोबर ७ मा टुरिनमा हुनेछ ।
फाइनल खेल अक्टोबर १० मा मिलानमा हुनेछ । उक्त दिनमै तेस्रो स्थानको लागि समेत प्रतिस्पर्धा हुने यूईएफएले जनाएको छ ।