काठमाडौं । लोक दोहोरी गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको शब्द भिमसेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग र मास्टरिङ कुमार सानुको रहेको छ ।
विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्कीको अभिनय, छायांकन दिपक गिरि, सम्पादन लक्ष्मण चौहान र कलर मिलन विश्वकर्माको रहेको छ ।
गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।