arrow

झापाको प्लाइ उद्योगमा आगलागी

logo
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
fire-final.jpeg

बनियानी ।  झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । 

यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र  सिलिङ चेम्बरमा  रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गरेको सो  उद्योगमा आज शुक्रबार बिहान आगलागी भएको थियो । 

आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी,  प्रदेश नं १  विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो । 

आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।



लोकप्रिय समाचार
नयाँ