arrow

प्रधानमन्त्रीको संदेश लिएर ईश्वर पोखरेल खुमलटारमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
ISHWAR-POKHREL_20140203095440.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्य ईश्वर पोखरेललाई सहमतिको लागि प्रचण्ड निवास खुमलटारमा पठाएका छन्। सहमतिका विभिन्न प्रस्ताव लिएर प्रचण्डसँग पोखरेलले छलफल गरेका थिए। महासचिव विष्णु पौडेल र सुवास नेम्वाङपछि पोखरेल खुमलटार गएका हुन्। उनले पार्टी एकताको पक्षमा दुवै अध्यक्ष उभिनुपर्ने र दुई अध्यक्ष मिलेर पार्टी अघि बढाउनु पर्ने धारणा राखेको पचण्ड निकट स्रोतले जानकारी दियो।

१७ गतेको सचिवालय बैठकमा ओलीले उपस्थित नहुने अडान लिएपछि प्रचण्डले ३ दिन सचिवालय सार्दै शनिवारका लागि सचिवालय बैठक बोलाएका छन। सचिवालय बैठक सर्दा १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रभावित भएको थियो। मंसिर २१ गतेका लागि स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

ओलीले प्रचण्डलाई सचिवालयमा दर्ता भएको प्रस्तावलाई फिर्ता लिएर सहमतिमा आउन आग्रह गरिरहेका छन। तर प्रचण्ड नेपाल समूहले कमिटी बैठकबाटै विवादको किनारा लाउन अडान राखेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।  विहिबार पौडेलले एकताका बाँकी काम सिध्याएर पार्टीको महाधिवेशनतिर लाग्नु पर्ने र पाटीबारे गहन छलफल गरी निष्कर्षमा पुग्नु पर्ने बताएको भएको स्रोतले जानकारी दियो।

शनिवारको बैठकमा ओली सहभागी हुने वा नहुने भन्ने बारेमा एकिन नहूँदा ओलीका दूतहरु खुमलटार गएका हुन्। उनीहरुले प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रतिवेदन फिर्ता गरी संयुक्त दस्तावेज ल्याउन आग्रह गरेका थिए। तर प्रचण्डले सो विषयमा अझै  रुची देखाएका छैनन। वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न एक पद एक व्यक्तिको अवधारणालाई अडानका रुपमा अघि सारेका छन्।



लोकप्रिय समाचार
नयाँ