काठमाडौं । भारतका चर्चित अभिनेता शशी कपूर र उनकी श्रीमती जेनिफर केन्डलको प्रेम काहानी रोचक तथा पिडादायी पनि छ । प्रेमको शूरुआत जति सुखद थियो अन्त्य त्यो भन्दा कयौ गुणा दर्दनाक थियो। ३१ बर्षसम्म शशी कपूर एक्लोपनाबाट गुज्रि रहे। शुक्रबार शशी कपूरको पुण्यतिथि हो ।
जेनिफर र शशी कपूर २८ वर्ष सँगै रहे। जेनिफरको मृत्यु पछि शशी कपूरले ३१ वर्षसम्म उनको सम्झनामा एक्लै जीवन बिताए। अभिनेता शशी कपूरको सन् २०१७ डिसेम्बर ४ मा ७९ बर्षको उमेरमा मृत्यु भयो ।
सन् १९५६ मा जेनिफर केन्डल एक साथीसँग नाटक 'दीवार' हेर्न रोयल ओपेरा हाउस गएकी थिइन्। सो समय शशी कपूर १८ वर्षका थिए। नाटक सुरु हुनु भन्दा पहिले, उनले दर्शकको संख्या हेर्न पर्दाबाट चिहाए र चौथो पंक्तिमा बसेकी एउटी युवतीमा उनको नजर रोकियो । तीनै युवती जेनिफरलाई देख्न साथै शशीले उनलाई आफ्नो मन दिएका थिए।
सो समय पृथ्वी थिएटरमा शशी कपूर काम गर्थे । पृथ्वी थिएटरमा काम गर्ने शशी कपूरको कुनै ठूलो चिनारी थिएन। अर्कोतर्फ जेनिफर, उनको बुबा जफ्री केन्डलको थिएटर समूहको मुख्य अभिनेत्री थिइन। शशीले जेनिफरसँग मित्रताको लागि लामो समय पर्खनु पर्यो। जब मित्रता बढ्यो, दुबै एकसाथ आउन जान थाले। यस अवधिमा उनीहरु बिच प्रेम भइसकेको थियो ।
बीबीसीका अनुसार यस प्रेमका कारण शशी कपूर आफ्नो ससुराको थिएटर कम्पनीमा पनि सामेल भए, तर जेफ्री क्यान्डल आफ्नी छोरीको विवाह शशी कपूरसँग भएको चाहँदैनथे। एकदिन जेनिफरले शशी कपूरका लागि आफ्नो बुबाको घर छोडिदिइन्। शशी कपूर र जेनिफरको १९५८ मा बिबाह भयो। यद्यपि कपूर परिवार पनि विदेशी बुहारीलाई लिएर सहज मानिरहेको थिएन। शशी कपूर एक बर्ष भित्र बुबा बने।
जेनिफरले शशी कपूरको लागि थिएटर छोडिदिइन्। यसै समयमा, शशी कपूरको फिल्म करियरको थालनी शुरु भयो र उनी एक बलिउड कलाकार बने । जससँग धेरै कामहरु थिए। उनको चर्चा विदेशसम्म पनि हुन शुरू गरेको थियो। यस सफलताको पछाडि सबैभन्दा ठूलो हात जेनिफर थियो।
तर १९८२ मा जेनिफरलाई क्यान्सर भएको थाहाँ थियो। शशी कपूरले जेनिफरलाई मुम्बईबाट लन्डनसम्मका डाक्टरसँग उपचार गराए तर जेनिफरको ७ सेप्टेम्बर १९८४ मा निधन भयो।
योसँगै शशी कपूरले आफुलाई सम्हाल्न सकेनन् । श्रीमतीको मृत्युसँग शशीलाई शुन्यताले छायो जुन उनको मृत्यु हुनजेलसम्म पनि रह्यो । जेनिफरको मृत्युपछि शशी गोवाको समुन्द्र तटबाट डुङ्गा लिए समुद्र भित्र पुगेपछि पहिलो पटक रोएका थिए ।
जेनिफर र शशी कपूर २८ वर्ष सँगै रहे। शशी कपूरले ३१ वर्षसम्म एक्लै जीवन बिताए। सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशी कपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए । उनको सन् २०१७ डिसेम्बर ४ मृत्यु भयो ।
शशी कपूरले १६० बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए । उनले इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए । भारतीय सिने जगतमा उल्लेख्य योगदान पुर्याएका कपूर वंशमा जन्मिएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा थिए ।