arrow

मेस्सीलाई बेच्ने भनेपछि विवादमा तानिए टस्केट्स 

logo
प्रकाशित २०७७ मंसिर २० शनिबार
messi64.jpg

काठमाडौं । स्पेनिश क्लब बार्सिलोनाका अन्तरिम अध्यक्ष कार्लोस टस्केट्स विवादमा तानिएका छन् । कप्तान लियोनल मेस्सीलाई आगामी समर ट्रान्सफरमा बेच्नुपर्ने धारणा राखेसँगै टस्केट्स विवादमा तानिएका हुन् । 

उनको प्रतिक्रियाको प्रशिक्षक रोनाल्ड कोम्यानले आलोचना गरेका छन् । टस्केट्सले उनले ३३ वर्षे मेस्सीलाई बेच्न आवश्यक रहेको बताएका थिए । उनले बार्सिलोनालाई आर्थिक रुपमा फाइदा हुने भएकाले मेस्सीलाई बेच्नुपर्ने धारणा राखेका थिए । 

मेस्सीको क्लबसंगको सम्झौता यस सिजनको अन्त्यसंगै सकिँदै गर्दा टस्केट्सको यस्तो धारणा आएको हो । प्रशिक्षक कोम्यानले क्लबभित्र हुने यस्ता टिप्पणीले मैदानमा खेल राम्रो हुन नसक्ने प्रतिक्रिया पनि दिएका छन् । 

यसअघि मेस्सीले गत अगष्टमा क्लब छाड्न खोजे पनि क्लबले निःशुल्क क्लब छाड्न पाउने प्रावधान सक्रिय नगरिदिएपछि उनी रोकिएका थिए । मेस्सीले क्लब छाड्ने हो भने ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि उनी पछि हटेका थिए । 



लोकप्रिय समाचार
नयाँ