arrow

निषेधाज्ञालाई बेवास्ता गर्दै काठमाडौंमा राजावादीहरुको दोस्रो जुलुस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २० शनिबार
king-supporter.jpg

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञलाई बेवास्ता गर्दै राजवादीहरूले काठमाडौमा दोश्रो पटक र्‍याली तथा जुलस निकालेका छन्। जिप्रका काठमाडौंले कोरनाको महामारीको कारण देखाइ निषेधाज्ञ लगाएको थियो तर राजावादीहरुले सामाजिक दुरी समेत कायम नराखी काठमाडौमा जुलुस निलेका छन्।

काठमाडौमा शनिबार राजावादीहरुले निकालेको जुलस दोश्रो जुलुस हो। यसअघि, मंसिर १५ गते पनि राजावादीहरुले यस्तै जुलुस निकालेका थिए। १५ गतेको जुलुसका आयोजन राष्ट्रिय शक्ति नेपाल नाम गरेको संस्थाले गरेको थियो, जुन संस्थाको अध्यक्ष शाहीकालका मन्त्री केशरबहादुर वीष्टले गरेका छन्।

राजवादीहरूले शनिबार दिउसो काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम जुलुस निकालेका थिए। राजवादीहरुको जुलुस रोक्न सरकारले माइतघीर मण्डलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको थियो। तर प्रहरीले हस्तक्षेप गरेन। जुलुसको आयोजन नेपालको लागि नेपाली र स्वतन्त्र नागरिक समाजले गरेको थियो।

आन्दोलनमा राप्रपाका केन्द्रीय तहका नेताहरूको उपस्थिति रहेको थियो। आन्दोलनकारीहरुले गणतन्त्र धोका हो, संघीयता खारेज गर,  हिन्दु राष्ट्र कायम गर, एमसिसि खारेज गर, राजा आउ देश बचाउँ जस्ता नारा लगाएका थिए। जुलुसमा बालकृष्ण न्यौपाने लगायतका राजावादीहरूको उपस्थिति रहेको थियो। उनीहरूले राष्ट्रिय झण्डा बोकेर चर्को  नारा लगाएका थिए।

राजावादीहरुले शनिबार झापामा पनि कार्यक्रम गरेका छन्। झापाको कार्यक्रमको आयोजना राप्रपा आफैले गरेको थियो। कात्तिक १७ गते देखि राजावादीहरुले देशका विभिन्न ठाउँमा श्रीङखलाबद्ध रुपमा कार्यक्रम गरेका छन्। आगामि दिनहरुमा पनि जुलुस र र्‍याली जारी राख्ने राजावादीहरुले बताएका छन्। शाही कालका मन्त्रीहरु र राजाको शासनमा फाइदा उठाएकाहरु जुलुसमा सक्रिय सहभागी हुने गरेका छन्। यसैगरी राप्रपाले जुलुसमा सहभागी हुन आफना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी गम्भिर विवादमा परेको बेला र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक महाधिवेशनको तयारीमा जुटेको बेला  राजनवादीहरुले देशका विभिन्न ठाउमा जुलुस निकाल्ने गरेका छन्।

राजावादीहरुले निकालेको प्राय सबै जुलुसमा एउटै प्रकृतिका मान्छेहरु आउने गरेका छन्। राजावादीहरुलाई जुलुस निकाल्न सरकारले छुट दिएको छ। यसबाट राजावादीहरु झनै उत्साहित भएका छन्।



लोकप्रिय समाचार
नयाँ