काठमाडौं। सत्तारुढ दल नेकपा भित्र बहुमत अल्पमतको खेल शुरु भएसँगै कमिटीहरुमा कुन गुटसँग कतिजना जोडिएका छन् भनेर हिसावको खेल शुरु हुन थालेको छ। खासगरि प्रभावशाली समूहहरुसँग नजिक भएकाहरुकै राजनीतिक प्रभाव बढी पाइने गरेपछि गुटमा बाँडिने गरेको पनि पाइएको छ । नेकपा भित्र बहुमत अल्पमतको द्धन्द जारी रहेकै बेला आइतवार बोलाइएको स्थायी कमिटीबाटै निकास निस्कने आशा भने कमैले गरेका छन् । यद्यपी शक्ति प्रदर्शनका हिसावले भने समूह निकटहरुको टाउको गन्ने अवस्था भने सिर्जना भएको छ ।
ओली समूह
केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुबासचन्द्र नेम्वाङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, लेखराज भट्ट ।