arrow

आजको बैठकमा प्रधानमन्त्री ओली आउनु हुन्छ –हरिबोल गजुरेल

दुवै अध्यक्षलाई जनताले पत्याएनन्, दुवैका प्रतिवेदन पढेको छैन

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
haribol-gajurel.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आइतबारको स्थायी कमिटी बैठकमा आउने दावी गरेका छन् । ओलीले स्थायी कमिटी बैठकलाई ‘रत्यौली’ को संज्ञा दिइरहेको अवस्थामा गजुरेलले भने स्थायी कमिटीमा सहभागी हुनुको विकल्प नभएको भन्दै आउने दावी गरेका हुन् ।  

नेता गजुरेलले स्थायी कमिटीले जे आधार तय गरिदिएको थियो त्यसको कार्यान्वयनमा तत्परता देखाउने भन्दै अहिलेसम्म पार्टी एकता प्रक्रिया नै पूरा नभएको भन्दै यो पूरा हुनुपर्ने बताएका छन् । 

गजुरेलले दुवै अध्यक्षका प्रतिवेदन आफूले नपढेको समेत बताए । नेपाली रेडियो नेटवटर्कसँगको कुराकानीमा नेता गजुरेलले दुवै अध्यक्षका बोलीलाई जनताले विश्वास नगरेको भन्दै व्यवहारबाट त्यसको समाधान गर्न चुनौती पनि दिए । 

उनले स्थायी कमिटीमा छलफलका क्रममा आएपछि दुवै अध्यक्षका प्रतिवेदनमा छलफल हुने र समस्याको समाधान निस्कने बताए । 

उनले नेताहरुले पार्टी फुटाउन प्रयास गरे पनि आफूहरुले फुट्न नदिने बताएका छन् । उनले सचिवालयमा जे जस्ता कुरा भए पनि स्थायी कमिटीले पहिलेजस्तै समस्याको समाधान गर्ने बताए । 

२० जना नेताहरुले पहिले पनि ओलीले अध्यादेश ल्याउन खोज्दा रोक्न सफल भएको र ओलीलाई दुवै पदबाट राजीनामा दिन दवाव आइरहँदा रोक्न सफल भएको भन्दै स्थायी कमिटले अहिले पनि समस्याको समाधान गर्ने दावी गरेका छन् । 

आइतबारको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ । यसअघि धुम्बाराहीमै डाकिएको सचिवालय बैठक सुरक्षा थ्रेट भन्दै ओली जान मानेका थिएनन् । त्यसपछि बालुवाटारमै बसेको थियो । यसपटक उनी धुम्बाराही जान्छन् कि थ्रेट हट्छ त्यो भने हेर्न बाँकी छ । 

उनले राजतन्त्रको पक्षमा नाराबाजी भइरहँदा आफूहरु कमजोर भएपछि स्वतः अर्को पक्ष अगाडि बढ्ने बताए । 

उनले भने, ‘पहिलेको सत्ता कमजोर हुँदा हामीले अवसर लिएका थियौं, हामी कमजोर भए अर्को सत्ता आउन सक्छ । हामी कमजोर हुनु हुँदैन ।’

नेता गजुरेलले राजसंस्था भने फेरि नआउने पनि दावी गरे । 

नेकपा स्थायी कमिटीमा को कुन समूह निकट?  

ओलीलाई बहुमतले पेलेरै राख्यो स्थायी कमिटी बैठक, राजीनामा नदिने ढिपी गरेका ओली बैठकमा जाने सम्भावना कम



लोकप्रिय समाचार
नयाँ