काठमाडौं । फ्रान्समा विवादास्पद सुरक्षा कानुनको मस्यौदा विरुद्ध भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् । शनिबार राजधानी पेरिससहित देशका विभिन्न भागमा गरी करिब १०० वटा र्याली भएको बीबीसीले लेखेको छ ।
प्रस्तावित कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने प्रदर्शनकारीहरुको तर्क छ ।
प्रदर्शनकारीहरुले दर्जनौं सवारीसाधन तोडफोड गर्नुका साथै केही ब्यापारिक भवनहरुमा समेत आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
फ्रान्समा खराव अभिप्रायले प्रहरीको फोटो खिच्न निषेध गर्ने बिधेयक ल्याउन खोजिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।