बेलबारी । मोरङको सुनवर्षि नगरपालिका ५ स्थित झुगिटोलबाट कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । ४१ वर्षका राजकुमार मण्डलले हातहतियार लुकाई छिपाई राखेको विशेष जानकारी भएपछि रंगेली प्रहरीले राजकुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट कटुवा पेस्तोल थान–१ थान र २ थान गोली र मोबाइल सेट थान –२ र नगद रु १९ हजार ३ सय २५ पच्चीस रुपैयाँसमेत बरामद गरिएको रंगेली प्रहरीले जनाएको छ ।
निजलाई हातहतियार सम्बन्धी कसुर अन्तर्गत थप कानुनी प्रक्रिया अगाडि बढाई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।