arrow

ओली सरकारले मुलुकबाट संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गर्यो – उपेन्द्र यादव 

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७७ मंसिर २१ आइतबार
128930902_193250529054470_5.jpg

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको नेकपा सरकार मुलुकबाट संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार  जनकपुरधाममा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीति सन्दर्भ’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष  यादवले मुलुकलाई धरासायी बनाउन सरकार उद्धत रहेको बताए ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै प्रतिवेदन पेश गरेकाले पनि यो कुरा प्रष्ट भएको यादवले बताए ।

अध्यक्ष यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको जिकिर गरे।  संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएका समेत आरोप लगाए 
 
अध्यक्ष यादवले भने  मधेश जनविद्रोहवाट प्राप्त उपलब्धिहरु संस्थागत हुन्छ भने एकात्मक प्रणाली समाप्त हुने डरले विगतदेखि सत्तासुखमा रमिएकाहरु चारैतिरवाट कसरी यसलाई समाप्त गरु प्रपञ्च रचि रहेको जानकारी दिए ।
 
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्व रक्षामन्त्री शरतसिंह भण्डारीले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई व्यवस्थापन गर्न सबै दल चुकेको टिप्पणी गरे ।
 
भण्डारीले संघीय सरकारद्वारा निर्मित प्रतिकुल अवस्थामा समेत काम गरेको भन्दै प्रदेश नम्बर दुई  सरकारको प्रशंसा गरे ।नेता भण्डारीले बुद्धिजीबीहरूसँग हातेमालो गरी अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिए।

कार्यक्रम मा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बौद्धिक वर्गका सल्लाह सुझाव लिएर अघि बढ्ने आश्वासन दिए। कर्मचारीतन्त्रबाट असहयोग गराउँदै आएको संघीय सरकारले पछिल्लो समय कानुनहरू नै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको आरोप समेत  लगाए ।

मुख्यमन्त्री राउतले भने संघ सरकारका संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरूले कानुनी लडाईं लड्दै आएका पनि स्मरण गराए ।

 त्यसैगरी, महासंघका उपाध्यक्ष जितेन्द्र यादवले संविधानले दिएको मौलिक हकसमेत संघीय सरकारले खोस्ने काम गरेको आरोप लगाए। कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार बौद्धिक वर्गसँग समन्वय नगरी अघि बढेको गुनासो गरे।

 कार्यक्रममा  विभिन्न क्षेत्रका विज्ञ तथा बौद्धिक पेशाकर्मीहरूको सहभागिता  रहेकोे थियो । महासंघले प्रदेश २ का बौद्धिक व्यक्तिहरूसँग नेपालको वर्तमान राजनीतिको विषयमा सुझाव लिई अगाडिको रणनीति बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ