arrow

सिंगटी बजार जादै गरेको बोलेरो सडकबाट खस्यो, सुविनको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
Mahindra-Bolero-Right-Rear-Three-Quarter-80019.jpg

चरीकोट । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आइतबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो  । 
    
बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिइन् । 

गाडी सडकबाट करीब १५० मिटर तल खसेको थियो । घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ