कञ्चनपुर । नेपाली कांग्रेस शुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सुचना , प्रविधी तथा प्रचार बिभागको अछाम शाखामा संयोजकको जिम्मेवारी देवकोटालाई दिइएको छ । महासंघले सुदुर पश्चिमको अछाम जिल्लामा नेपाल प्रेस युनियन सदस्य परेक देवकोटालाई सुचना तथा प्रचार बिभागमा संयोजक मनोनयन गरेको छ ।
त्यसै गरि बिभागको अछाम शाखाको उप संयोजकमा सरिता खडका , इन्द्र थापा लाई सचिवमा जिम्मेवारी दिइएको छ । सदस्यहरुमा प्रेस युनियन अछाम शाखाका सदस्यहरु पुजा रावत , कृष्ण बिष्ट र बलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको महासंघकी केन्द्रिय सदस्य एवं सुचना प्रविधि तथा प्रचार बिभाग प्रमुख रोजी ढकाल पराजुलीले बताईन ।
महासंघले आफ्नो संगठन सबै जिल्ला र तहहरु सम्म बिस्तार गरि पार्टीलाई बलियो बनाउन भुमिका निर्वाह गर्ने नीति अनुसारनै सुदूर पश्चिममा पनि बिभागको बिस्तार थालिएको प्रदेश संयोजक दीपेन्द्र बस्नेतले जनाए ।
हाल सम्म बझाङ , दार्चुला , बैतडी , डडेल्धुरा , बाजुरा , कञ्चनपुर र अछाममा बिभागको शाखा बिस्तार गरिएको र अन्य बाँकी रहेका जिल्लाहरुमा लगत्तै शाखा बिस्तार गरिने संयोजक बस्नेतले बताए ।