arrow

इंग्लिस प्रिमियर लिगः अघिअघि टोटनह्याम, पछिपछि लिभरपुल 

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
tottenham-ken-son.jpg

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर शीर्ष स्थानमा पुगेको छ । टोटनह्यामले अर्को बलियो टोली आर्सनललाई पराजित गर्दै अगाडि लागेको हो । आइतबार राति घरेलु मैदानमा खेलेको टोटनह्यामले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफमै गोल गरेको टोटनह्यामले त्यसपछि भने गोल गरेन । 

१३ औं मिनेटमा सनले केनको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४५ औं मिनेटमा केनले सनको पासमा गोल गर्दै टोटनह्यामलाई जिताए । 

जितसँगै टोटनह्याम तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ । टोटनह्यामले ११ खेलमा २४ अंक जोड्दै शीर्षमा पुगेको हो । 

डिफेन्डिङ च्याम्पियन लिभरपुल पनि पछिपछि लागेको छ । आइतबार रातिको खेलमा वुल्भरह्याम्पटन वान्डेरर्ससँग ४–० गोल अन्तरले हराउँदै टोटनह्यामसँग अंक बराबरी गरेको हो । 

लिभरलाई फराकिलो जित दिलाउन मोहम्मद सलाह, जर्जिन्हो र जोल माटिपले १–१ गोल गरे । नेल्सन सेमेडोले आत्मघाती गोल गर्न पुगेका थिए । 

आइतबारका अन्य खेलमा क्रिस्टल प्यालेसले वेष्टब्रोमविच आल्बिलयनलाई ५–१ गोल अन्तरले हरायो । क्रिस्टियन बेन्टेके र विल्फ्रेड जाहाले २–२ गोल गरे । 

त्यस्तै लेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले हरायो । 

अंक तालिका 
११ खेलबाट टोटनह्याम र लिभरपुलको २४, चेल्सीको २२, लेस्टरको २१ अंक छ । १० खेलबाट म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीको १९ र १८ अंक छ । ११ खेलबाट वेष्टह्याम, युनाइटेड, १० खेलबाट साउथह्याम्पटन, ११ खेलबाट एभर्टन र ११ खेलबाट वुल्भरह्याम्पटनको समान १७ अंक छ । 

१५ औं स्थानको आर्सनलको मात्र १३ अंक छ ।  



लोकप्रिय समाचार
नयाँ