arrow

ट्रक दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु, चालक पनि बाँचेनन्

logo
प्रकाश भट्ट, 
प्रकाशित २०७७ मंसिर २२ सोमबार
accident-final.jpeg

दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतवार राति मालिकार्जनु—१ भर्तोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु घटनास्थलमै भएको हो । 

मृत्यु हुनेमा बैतडीको दोगेडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली घर भएका चालक २४ वर्षीय शेर सिंह कार्की र अन्य नाम नखुलेका दुई जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी  दिए ।

राति १० बजे ट्रक दुर्घटना भएको प्रहरीलाई खबर आउनासाथ धाप प्रहरी चौकी र दत्तु चौकीलाई दुर्घटना स्थलमा खटाइएको थियो । 

करीब ३ बजेसम्म प्रहरी टोलीले उनीहरुको उद्धार गरेर शवलाई जिल्ला अस्पताल पुर्याएको सूचना अधिकारी ऐरीले बताए । ट्रक सडकबाट करिब १२० मिटर तल खसेको जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ