नेपालगञ्ज । बाँकेमा कोरोना भाइरसको महामारीबाट दैनिकजसो ज्यान गुमाउने बढ्न थालेका छन् । बाँके जिल्लाकै र बाहिरबाट उपचाका लागि आएकाहरुको धमाधम ज्यान जान थालेको हो ।
सोमबार बिहानै कोरोनाको संक्रमणबाट कञ्चनपुरका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । शुक्लाफाँटा ४ का ७३ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार बिहान पौने २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
मंसिर १३ गते कोरोना पुष्टि भएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । योसंगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ ।