arrow

कोरोनाबाट एकाबिहानै दुई जनाको मृत्यु 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ मंसिर २२ सोमबार
corona-killed-final.jpg

नेपालगञ्ज । कोरोना संक्रमणबाट एकाबिहानै दुई  जना संक्रमितको मृत्यु भएको छ। संक्रमणबाट मृत्यु हुनेमा   बर्दियाका एक जना पुरुष  रहेका छन् । गेरुवा ५ का ७२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमबार  विहान १ः११ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

मंसिर १४ गते कोरोना पुष्टि भएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै शुक्लाफाँटा ४ का ७३ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहान पौने २ बजे उपचारका क्रममा मृत्यु भएको छ । 

योसंगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ