arrow

संक्रमितलाई पोषणभत्ता स्वरुप पाँच हजार

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
new-money.jpg

तारकेश्वर । तारकेश्वर नगरपालिकाले कोभिड-१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । 

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।

हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष  छन् । निको हुनेको सङ्ख्या एक हजार ८२९  छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित २५० जना पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ