काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी गत २४ घण्टामा एक हजार ६२८ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजार ४३३ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४१ हजार ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९४८ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण बीस जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६१४ पुगेको छ ।