arrow

प्रदेश एकमा ९६ जना डिस्चार्ज, ८० संक्रमित

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
covid-test-positive-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना संक्रमित थपिएका छन् । 

थपिएका संक्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन-तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २४६ पुगेको छ भने कोरोना संक्रमितको सङ्ख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ । 

अझै पनि सक्रिय संक्रमितको सङ्ख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ