arrow

भिरमा मृत भेटिए अनिल

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
Dead_Body.jpg.jpeg

अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा सोमबार एक युवक मृतावस्थामा फेला परेका छन् । 

पाणिनी गाउँपालिका–७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । 

घरबाट सुन्तला बेच्न आइतबार सुपा देउरालीमा गएका उनी सोमबार दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  



लोकप्रिय समाचार
नयाँ