काठमाडौं। नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १ सय ६५ स्क्वायर फिटको भब्य शोरुमसहित बिएमडब्ल्यू ब्राण्डको आधिकारिक बिक्री सुरु गरेको छ। जर्मन ब्राण्ड बिएमडब्ल्यूलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको जनाइएको छ।
बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूति प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको प्रेस विज्ञप्ति जारी गरी जनाइएको छ। नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ।’
नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार मानिन्छ। लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने दावी गरिएको छ। बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामि, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउने विश्वास कम्पनीको छ।
‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं। हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन्। त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं। हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने। उनी भन्छन्, ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अविस्मरणीय क्षणको अनुभव दिलाउन चाहन्छौं।
ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउने छन्। जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहीलाई लोभ्याउने छ। यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूति गर्न सक्नु हुने छ।’
श्रेष्ठ अगाडि भन्छन्, ‘हामीले ग्राहकलाई अहिलेको विषम परिस्थितिमा कन्ट्याक्ट लेस, टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने छौं । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नु हुने छ । तपाईले टेष्ट ड्राइभमा छनोट गर्नु भएको वा खरिद गर्नु भएको कार पूर्णत सेनिटाइज गरिएको हुनेछ। उक्त कारलाई तपाईले छनोट गर्नु भएको स्थानमा हामी उपलब्ध गराउने छौं । ग्राहकको कुनै पनि जिज्ञासालाई हामी उपस्थित भएरै वा भर्चुअल माध्यमबाट समाधान गर्ने छौं।’
बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ।
साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने अपेक्षा गरेको छ। बिएमडब्ल्यू बंगलादेशले सन् २०१८ मा बिएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड, २०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बिएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड सर्वोत्कृष्ट बिक्रीको लागि, २०१३ र २०१४ मा सर्वोत्कृष्ट बिक्री पछिको सेवा अवार्ड, २००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’ र २००४ मा ‘वेष्ट बिएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको छ।
‘हामी हाम्रा ग्राहकलाई बिएमडब्ल्यूका उत्कृष्ट गाडीहरु अनुभव गर्न र बिएमडब्ल्यू ब्राण्डको बारेमा थप जानकारीको लागी हाम्रो शोरुममा आमन्त्रण गर्दछौ। साथै, अहिलेको कोभिड संक्रमण सम्बन्धि सबै स्वास्थ्य प्रोटोकलहरु कायम गरी ग्राहकहरुको स्वास्थ्य एवम् सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौं।’ कम्पनीले जनाएको छ।