विश्वकप फुटबल छनोटको युरोपियन ‘ड्र’ सार्वजनिक, यस्तो छ समूह विभाजन
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
51
Shares
काठमाडौं । कतारमा हुने विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको ड्र सार्वजनिक गरेको हो । युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ ।
आगामी मार्चबाट शुरु हुने छनोटमा समूहका शीर्ष टिमले विश्वकपमा स्थान बनाउँदा दोस्रो स्थानमा रहने टिमले नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने अवसर पाउने छन् ।
इंग्ल्यान्ड र पोल्यान्ड एउटै समूहमा परेका छन् । त्यस्तै स्पेन र स्वीडेन एउटै समूहमा परेका छन् । इटाली र स्वीटजरल्यान्ड एउटै समूहमा पर्दा क्रोएसिया र रुस एकै समूहमा छन् ।
यस्तो छ समूह विभाजन–
समूह ए – पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेम्बर्ग, अजरबैजान ।
समूह बी – स्पेन, स्वीडेन, ग्रिस, जर्जिया, कोसोभो ।
समूह सी – इटाली, स्वीटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया ।