arrow

दुई तले घर आगलागीबाट क्षति

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
fire-final.jpeg

मलंगवा । सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार राति विद्युत्को तार सर्ट भई आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा सोमबार राति करिब ११ बजेको समयमा आगलागी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा भएको लत्ताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।



लोकप्रिय समाचार
नयाँ