arrow

देउवा सरकारले शुरु गरेको सगरमाथा मापनको जस लिँदै ओली सरकार

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
mount-everest-home.jpg.jpeg

काठमाडौं । करिब ३ वर्ष पहिले तत्कालिन शेरबहादुर देउवा सरकारले सुरु गरेको सगरमाथाको मापनको जस वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिने भएको छ । ओली सरकारले मंगलबार दिउँसो औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ  सार्वजनिक गर्दैछ ।

भूमि व्यवस्था मन्त्रालय उच्च स्रोतका अनुसार नयाँ मापनमा केही थोरै उचाइ बढेको छ । बढीमा एक मिटरसम्म उचाइ बढेको हुन सक्ने स्रोतको भनाइ छ । तर यसको औपचारिक घोषणा मंगलबार हुनेछ । स्रोत भन्छ, ‘नयाँ मापनमा ८ हजार ८सय ४८ मिटरबाट उचाइ घटेको देखिएन । बरु केही थोरै बढेको पाइएको छ ।’

२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री र गणेश भट्ट नापी विभागका महानिर्देशक भएको बेला तत्कालीन सरकारले नेपालले आफनै साधान र स्रोत प्रयोग गरेर सगरमाथाको उचाई पत्ता लगाउने निर्णय गरेको थियो । 

अहिलेसम्म विश्वले सगरमाथाको उचाइ ८ हजार ८सय ४८ मिटर  मान्दै आएको छ । यो मापन सन् १९५७ मा भारतको जिएल गुलाटी कम्पनीले गरेको थियो । देउवा सरकारले सगरमाथाको उचाइ मापन गर्न २५ करोड रुपैयाँ विनियोजन पनि गरेको थियो । 

नापी विभागले सगरमाथाको उचाइ मापन गर्नुअघि २०१७ डिसेम्वरमा एक अन्तर्राष्ट्रिय गोष्ठी गरेको थियो । उक्त गोष्ठीमा भारत, चीन, अमेरिका, फ्रान्स, बेलायत लगायतका देशका प्रतिनिधिहरुलाई बेलाइएको थियो ।

२०७२ सालको भूकम्पको कारण सगरमाथाको उचाई फेरबदल भएको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् । विभागले पछिल्लो अत्याधुनिक प्रविधि र परपम्परागत प्रणाली प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको जनाएको छ । 

नेपाललले आफनै साधन र स्रोतबाट सगरमाथाको उचाइ मापन गरीरहेको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको उचाइ मापन गरेको छ । भूमि व्यवस्था मन्त्रालयले  नेपाल सरकारसँग समन्वय र सहमतिमा चीनले मापन गरेको जनाएको छ । 

चिनियाँ राष्ट्रपति नेपाल आउँदा नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ मापन सार्वजनिक गर्ने सहमति गरिएको थियो । उक्त सहमति अुनसार मंगलबार दिउँसो एकै पटक नेपाल र चीनले सगरमाथको उचाइ सार्वजनिक गर्दैछन् । 

सगरमाथको उचाइ मापन गर्न नापी विभागका दुई जना प्राविधिक सगरमाथाको चुचुरोसम्म र दुई जना आधार शिविरसम्म पुगेका थिए । उनीहरुलाई २०७५ चैतमा प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले बिदाइ गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ