काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको बारेमा धेरै कुरा लेखि सकिएको छ, उनलाई बलिउडको हे-म्यान भनिन्छ। एउटा सानो गाउँबाट बलिउडसम्म उनको संघर्ष साँच्चै प्रशंसनीय छ। जुन तरिकाले उनले हिन्दी सिनेमामा आफ्नो छाप छोडे, उनी धेरै बर्ष सम्झनामा रहनेछन्।
धर्मेन्द्रको जीवनमा सफलता र विवादबाट गुज्रीएको छ । दुई विवाह गर्ने धर्मेन्द्रले कसरी जीतेन्द्रको प्रेम प्रस्तावलाई काटेर हेमा मालिनीसँग विवाह गरे यो निकै चाखलाग्दो छ । मंगलबार धर्मेन्द्रको ८५ औँ जन्मदिन हो । सन् १९९७ मा उनी विश्वका १० सबैभन्दा सुन्दर पुरुषहरू मध्ये एक थिए।
धर्मेन्द्रको जन्म पंजाबको लुधियाना शहरको सानो गाउँ नसरालीमा भएको थियो। जाट परिवारमा जन्मेको धर्मेन्द्र बाल्यकालदेखि नै स्वस्थ थिए। प्रकाश कौरसँग विवाह गर्दा उनी १९ वर्षका थिए। धर्मेन्द्र त्यसबेला बलिउडमा प्रवेश गरेका थिएनन्। प्रकाश कौर र धर्मेन्द्रका चार सन्तान, दुई छोराहरू र दुई छोरीहरू छन्। उनी बलिउडमा छिर्ने बित्तिकै हेमा मालिनीको प्रेम भयो ।
हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र संजीव कुमार पनि मन पाउथे साथै विवाह गर्न चाहान्थे। सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनिहरु चेन्नई पुगेको खबरहरु फैलिएका थिए । कुनै समय हेमा मालिनीसँग विवाह गर्न चहाने बलिउडका जम्पिङ जेक भनिने जितेन्द्रले आफ्नो अभिनय र डान्सिङ स्टाइलबाट लाखौ दर्शकको मन जिते ।
जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए । त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हंगामा मचाइन् जसकारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । पछि धर्मेन्द्रले हेमामालिनीसँग विवाह गरे । दोस्रो विवाहको लागि, धर्मेन्द्र र हेमा धर्म परिवर्तन गरेर इस्लाम अपनाए त्यसपछि सदाको लागि एक भए।
सन् १९८० मा हेमा मालिनीको धर्मेन्द्रसँग विवाह तनावका बिच भएको थियो । धर्मेन्द्रले हेमासँग विवाह आफ्नो जेठी श्रीमति प्रकाश कौरकी छोरीको विवाह भइसकेपछि गरेका थिए । सो समय जेठा छोरा सनी देवल बलिउडमा पाइला राख्ने तयारीमा थिए ।
हेमा मालिनी र धर्मेन्द्र दुवैका परिवार यस विवाहको विरुद्धमा थिए । सनी देवल त पिताको यो कदमलाई लिएर निकै दुखि बने । तर धर्मेन्द्रले अन्ततः विवाह गरेरै छाडे । हेमा मालिनी र धर्मेन्द्रका दुई छोरी छन्।
देवल परिवारमा प्रकाश कौर र हेमा मालिनी बिचको सम्बन्ध त चिसिने नै भयो । साथै जेठीका छोराहरु सनी, बबी देवल र हेमा मालिनीका छोरीहरु इशा, अहानाबीचको सम्बन्ध पनि असामान्य बन्यो । अहिलेसम्म यी दुई भाइले आफ्नी सौतेली आमाका विषयमा पनि खुलेर कुरा गरेका छैनन् ।