arrow

मंगलबार थप तेह्र सय बयासीमा संक्रमण, तेइसको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । थप तेह्र सय बयासी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा आठ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ को पिसिआर परीक्षण गरिएको छ ।       

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख २९ हजार ५४ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । 

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६ सय २१ संक्रमित निको भएर घर फर्किएका हुन् । हाल देशभर १२ हजार ६ सय ८६ सक्रिय संक्रमित  छन् ।    

काठमाडौँ उत्यकामा थप ५ सय ९४ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन् । 

योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख १३ हजार ४ सय ९८ पुगेको छ । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौँका ४ सय १३, ललितपुरका १ सय १३ तथा भक्तपुरका ६९ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ