काठमाडौं। जगदम्बा मोटर्स प्रालिले निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल मलेसियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोनलाई नेपालमा भित्र्याउने भएको छ। प्रोटोनका गाडीहरु संसारका बढी भन्दा बढी मुलुकहरुमा उपलब्ध भैसकेका अवस्थामा अब नेपालमा पनि यसले स्थान पाउने भएको हो। शंकर ग्रुपको मातहतमा रहेको जगदम्बाले प्रोटोन सागा नेपाली सडकमा ल्याउन लागेको हो । प्रोटोनले आफ्नो पहिलो कार सन् १९८५ मा प्रोटोन सागाकै रुपमा बजारमा ल्याएको थियो।
त्ससपछि उसले अन्य विभिन्न मोडलहरु १९९२ मा प्रोटोन सागा इश्वरा, १९९३ मा प्रोटोन विरा, १९९४ मा प्रोटोन सत्रिया, १९९६मा प्रोटोन पुत्र कौप बजारमा ल्याएको थियो । जसका पछिल्ला २ संस्करणहरु मध्य–पूर्व एसिया र युरोपतिर अत्यधिक मात्रामा बिक्री हुन सफल भएका थिए ।
प्रोटोनले १९९५ मा प्रोटोन पेर्दाना र १९९६मा प्रोटोन तियारा तथा ९० कै दशकमा अन्य २ प्रकारका गाडीहरु पनि बजारमा ल्याएको थियो । प्रोटोनले सन् २००० मा प्रोटोन विजा, २००१ मा प्रोटोन जुअरा, २००२ मा प्रोटोन एरिना, २००४ मा प्रोटोन जेन २, २००५ मा प्रोटभोन साभ्भी, २००६ मा प्रोटोन सत्रिया निओ, २०१० मा प्रोटोन इन्स्पाइरा, २०१२ मा प्रोटोन प्रिभे, २०१३ मा प्रोटोन सुप्रिमा एस र र २०१६ मा प्रोटोन इर्टिगा मोडलका गाडीहरु बजारमा ल्याएको थियो ।
सन् २०१८ मा प्रोटोनले प्रोटोन एक्स ७० नामक पहिलो एसयुभी बजारमा ल्याएको थियो, जुन मलेशियामा मात्र नभएर विश्व अटो बजारमा नै निकै रुचाइएको थियो । यसैगरी २०२० मा प्रोटोनले प्रोटोन एक्स ५० मोडलको अर्को एसयुभी हालसालै मात्र बजारमा ल्याएको छ । यसलाई २०२० का उत्कृष्ट मध्येको एक मानिएको छ
जगदम्बाले यी दुई गाडी बाहेक प्रोटोनका सागा, पर्सोना, पेर्दोना, एक्सोरा र इरिज गरेर अन्य ५ प्रकारका अहिले पनि विश्व बजारमा अत्यधिक रुचाइएका र आफ्नो आधिपथ्य जमाएर बसिरहेका उल्लेख गरेको छ ।
प्रोटोनको मलेशिया र बेलायतसहित ७० भन्दा ज्यादा मुलुकमा पदार्पण भैसकेको छ । जगदम्बाको दावी अनुसार यो अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चीन र दक्षिण पूर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९ वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ ।
१२८० एकड क्षेत्रफलमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ । जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको जगदम्बाले जनाएको छ ।
जगदम्बाले दावी सहित प्रेस विज्ञप्तिमा भनेको छ, ‘प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा पछिल्लो अन्तर्राष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ । गिली होल्डिंग र भोल्भोसंगको सहकार्य पश्चात् अझ नविनतम अन्तर्राष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूल मान्यताहरुलाई अघि बढाएको छ ।’
जगदम्बा भन्छ, ‘अरु ठूला ठूला कम्पनीसंग प्रतिस्पर्धामा रहिरहन पनि प्रोटोनले प्रविधिको खोज तथा अनुसन्धानमा अरबौं रूपैयाँ खर्चेको छ । अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र ईन्जिनियरिङ्मा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ । जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रा तर्फ अग्रसर गराइरहेको छ ।’
प्रोटोनबारे जगदम्बा अझ अगाडि भन्छ, ‘३५ बर्षबाट उच्चस्तरीय र शानदार गाडीहरु उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ ओटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४.४ मिलियन भन्दा बढी ग्राहक रहेका छन् ।’