arrow

मेस्सीको मैदानमा रोनाल्डोको दुई गोल

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
messi-ronaldo2.jpg

काठमाडौं । पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा इटालियन क्लब युभेन्ट्सले अर्जेन्टाइन स्टार लियोनल मेस्सी कप्तानीको स्पेनिश क्लब बार्सिलोनालाई फराकिलो अन्तरले हराएको छ । 

युभेन्ट्सले ३–० गोल अन्तरले पराजित गरेको हो । मंगलबार राति च्याम्पियन्स लिग फुटबलको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई उसकै मैदानमा कमजोर सावित गरेको हो । 

युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले स्पेनमा आफ्नो सशक्त प्रदर्शन गर्दैै आएका छन् । उनी स्पेनको रियाल मड्रिडबाट खेल्दै आएका थिए । 

सन् २०१८ मा रोनाल्डोले रियाल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका स्टारले स्पेनमा पुन आफ्नो जादु देखाएका हुन् । रोनाल्डोको पेनाल्टी गोल मार्फत १३ मिनेटमा पाहुना टोली युभेन्ट्सले खेलमा अग्रता लिएको थियो ।

रोनाल्डोले ५२ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाएका थिए । यसअघि खेलको ३० मिनेटमा वेस्टन म्यानकेनीले गोल गरे । 

रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पूरा गरेका छन् । सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो ।

दुवै टिम च्याम्पियन्स लिगको अर्को चरणमा पुगिसकेको अवस्थामा यो खेल केबल रोनाल्डो र मेस्सीको भिडन्तको रुपमा हेरिएको थियो । 

समूह जीमा युभेन्ट्स र बार्सिलोनाको समान १५ अंक छ । जितले युभेन्ट्स समूहको शीर्ष स्थानमा रहँदै र बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्यो ।

सोही समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कोव्रोसी टीसीलाई १–० गोल अन्तरले पराजित गर्यो । दुवै टिम बाहिरिएका छन् । 



लोकप्रिय समाचार
नयाँ