काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डियन सागरमा विकसत न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भूभागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भूभागहरूमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।