arrow

ओली- प्रचण्ड सत्ता मोहले जनतामा निराशा : वैद्य

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
Mohan-baidya.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र संघीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन्।

राष्ट्रियता सङ्कटमा परेको तथा  सत्तारुढ नेकपा दलभित्र विभाजनको अवस्था आउनाले जनतामा निराशा छाएको वैद्यले सुनाए । उनले भने,' नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल 'प्रचण्ड' को सत्ता मोहले उत्पन्न विवादले जनतामा निराशा छाएको छ।' 

पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन उदयपुर पुगेका नेता वैद्यले जनता कोरोना महामारीमा परेको बताए । उनले जनताले  रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको बताए । 

अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए ।
 
सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यले राखे । 



लोकप्रिय समाचार
नयाँ