arrow

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण 

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
surakhchaya.PNG

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

बुधबार ७ नम्बरका वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेती र प्रभु बैंक,चन्द्रपुर शाखाका प्रमुख राजेश पोख्रेलले घरमै गएर अशक्त बृद्धबृद्धालाई भत्ता बितरण गरिएको वडाअध्यक्ष उप्रेतीले जानकारी दिए ।

चन्द्रपुर ७ का पाहुन खा थारु र मुर्तिया देबिलाई ४ महिनाको मासिक ३ हजारका दरले १२-१२ हजार रुपैयाँ वितरण गरिएको प्रभु बैंकका शाखा प्रमुख पोख्रेलले जानकारी दिए ।

अबका दिनमा प्रभु बैंकको सहयोगमा अपांग,असक्तलाई घरमै पुगेर भत्ता बितरण हुने वडाध्यक्ष उप्रेतिले बताए ।



लोकप्रिय समाचार
नयाँ