arrow

को को पुगे च्याम्पियन्स लिगको नकआउटमा ?

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
liverpool41.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरण प्रवेश समीकरण पूरा भएको छ । बुधबार रातिका खेल सकिएसँगै राउन्ड अफ सिक्सटिनको समीकरण पूरा भएको हो । 

समूह ए बाट बायर्न म्यूनिख र एथलेटिको मड्रिड राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । समूह बी बाट रियाल मड्रिड र बोरुसिया मोन्चेनग्लाडबाच राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । समूह सी बाट म्यान्चेस्टर सिटी र एफसी पोर्टो राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । 

समूह डी बाट लिभरपुल र एटलान्टा राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । समूह ई बाट चेल्सी र सेभिया राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । 

समूह एफ बाट बोरुसिया डर्टमन्ड र लाजियो राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । समूह जीबाट युभेन्टस र बार्सिलोना राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । 

समूह एच बाट पेरिस सेन्ट जर्मेन र आबी लेप्जिग राउन्ड अफ सिक्सटिनमा पुगेका छन् । 

इन्टर मिलान, आयाक्स, म्यान्चेष्टर युनाइटेडले अप्रत्याशित खेलेर बाहिरिएका छन् । नकआउट चरणको भिडन्तको ड्र आगामी सोमबार सार्वजनिक हुँदैछ । 



लोकप्रिय समाचार
नयाँ